आकाश भण्डारी
९ अप्रिल

लिस्वन, दुवै मृगौला खराब भई नयाँ मृगौलाको प्रत्यारोपण गर्न सफल चित्र प्रसाद गौचनले संसारभर छरीएर रहेका नेपालीहरुले माया, स्नेह र आर्थिक सहयोग गरि नयाँ जीवन प्रदान गरेकोमा सम्पूर्ण सहयोगीहरुलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरेका छन् l
दुवै मृर्गौला खराब भई २०१३ अगस्त १५ देखि बिरामी रहेका बाग्लुङ् जिल्ला हिल गाविस १ स्थायी घर भई हाल पोर्चुगल लिस्वनमा वस्ने चित्र प्रसाद गौचनले नयाँ जिवन प्राप्त गरेका छन् । रविन्द्रनाथ टेगोर इन्टरनेशनल इन्स्चियुट अफ कार्डियाक मुकुन्दपुर कलकत्ता भारतमा २०१४ सेप्टेम्बर ०१ मा शल्यक्रिया पश्चात गौचनले नयाँ जिवन प्राप्त गरेका हुन् ।
अचानक सिकिस्त बिरामी परेपछि लिस्वनको साओ जोजे अस्पताल पुगेर डाक्टरहरुको परिक्षण पछी दुवै मृगौला खराब भएको थाहा पाउदा छागा बाट खसे जस्तै भए, उनको दिमागले केहि सोच्न सकेन l त्यहाको परिक्षण पछि थप उपचारको लागी अर्को अस्पताल कुरी काब्रल पठाइयो l कुरी काब्रलले मृर्गौला ट्रान्सप्लान्ट गर्नु पर्ने बतायो, त्यसपछि उनलाई लाग्यो यसको उपचार सम्भव छ, तर आफु र परिवारको क्षमता छैन तै पनि हिम्मत हारेनन र संसारभर छरिएर रहेका नेपालीहरुलाई सहयोगको याचना गर्ने अठोट गरे। पोर्चुगलमा उक्त ट्रान्सप्लान्ट का लागि बर्षौ कुर्नुपर्ने र लामो समय तनाबमा व्यतित गर्नु भन्दा सहयोगका लागि हात फैलाउने विकल्प बाहेक अरु उनले केहि देखेनन् । उनको याचनालाई सहयोग गर्ने हातहरुको कमि रहेन, त्यसैले उनले नयाँ जिवन प्राप्त गरे। यसरी सहयोग गर्ने संपूर्ण संघसंस्था र नेपाली दाजुभाई दिदिबहिनीहरुमा नमन गरेका छन् । मृत्युको मुखवाट जोगाएर नयाँ जिवन दिने सहयोगीहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरेका छन् ।
पिडित गौचनलाई आर्थिक सहयोग गर्ने संघसंस्थाहरु एनआएन पोर्चुगल, आदिवासी जनजाति महांसघ, पोर्चुगल जनप्रतिसिल मञ्च, मगर समाज पोर्चुगल, तमु समाज पोर्चुगल, पोर्चुगलका सम्पूर्ण सहयोगि हातहरु त्यस्तै एनआरएन वेल्जियम, थकाली सेवा समिति वेल्जियम, मगर समाज बेल्जियम, वेल्जियमका सम्पूर्ण सहयोगि मनहरु त्यस्तै एनआरएन नेदरल्यण्ड, एनआरएन डेनमार्क, डिलाराम कंडेल मार्फत डेनमार्क सहयोगि हातहरुवाट, माया पुन मार्फत नर्वेका सहयोगी मनहरु, थकाली सेवा समाज यूके, जयराम लामा र किशोर शेरचन मार्फत यूकेका सहयोगी हातहरु। थकाली सेवा समिति जापान, मोहन-मन्जिला गौचन, देविका शेरचन मार्फत जापानका सहयोगी हातहरु थकाली सेवा समिति अष्ट्रेलिया -हङ्कङ-मकाउ -काठमाण्डौ र उपचारको क्रममा सहयोग गर्नु हुने श्याम प्रसाद गौचन, राम बहादुर शेरचन, मोहन भट्चन, राम बहादुर गौचन, भिम केसि कमल, लाल बहादुर पुन, शेरसिहं ठकुरी, सुशी टाईम परिवार र नेपालपोर्तुगल डटकमलाई गौचनले हृदय देखी धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले सहयोग गर्ने संघ संस्था वा व्याक्तिहरुको नाम उल्लेख गर्न छुट भएको खण्डमा क्षमा प्रार्थी रहेको बताएका छन् ।
उनको उपचार खर्चको लागी कुल ४४ लाख ६५ हजार रुपैँया खर्च भएको र सात महिना डाक्टरको निगरानिमा अस्पताल बसेको बताए । हाल उनी लिस्वनको कुरी काब्रल हस्पिटलमा फलोअप गराईरहेका छन् ।






