गुगलमा खाेज्नुस ‘दुनियाँका सबैभन्दा बेवकुफ प्रधानमन्त्री नरेन्द्र मोदी’

Modi_878987795एजेन्सी : सञ्चारमाध्यममा छाइरहन रुचाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो पटक अमेरिका जाँदा फेसबुक र गुगलका केन्द्रीय कार्यालसम्म पुगे।

गुगलको कार्यालय र फेसबुकको कार्यालय पुग्दा सञ्चारमाध्यममा खुबै चर्चा भयो । फेसबुकको कार्यालयमा पुग्दा एक भेटका क्रममा अनुहार देखाउनैका लागि मोदीले फेसबुकका मालिक मार्क जुकरबर्गलार्इ तानेर पछाडि लगेको दृश्य विश्वभर भाइरल भएको छ ।

अमेरिकामा उनका केही गतिविधिले हाँसोका पात्र भएका उनी नेपालमा नाकाबन्दी लगाएपछि सबैभन्दा घृणाका पात्र भएका छन् ।

नेपालीले मजाकको पात्र बनाइरहेका मोदीबारे विश्वकै सर्वाधिक प्रयोगमा आउने सर्च इन्जिन गुगलमा एउटा अनौठो तथ्य भेटिएको छ।

के तपार्इंले कहिले गुगलमा मोस्ट स्टुपिड प्राइम मिनिस्टर सर्च गर्नु भएको छ ? गुगल इमेजमा गएर यदि सर्च बक्समा तपार्इंले most stupid prime minister टाइप गर्नुभयो भने तपार्इंका अगाडि सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखाउनेछ ।

गुगल इमेजमा गएर सर्च बक्समा most stupid prime minister टाइप गर्दा सबैभन्दा पहिले र सबैभन्दा धेरै तस्बिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटिने गरेको हो ।

नरेन्द्र मोदीको स्वीकार्यता र उनका प्रशंसकको संख्या देख्दा यो कुरालार्इ सहजै स्वीकार गर्नै मुस्किल पर्छ । तर गुगलले भने मोदी दुनियाँका सबैभन्दा बेवकुफ प्रधानमन्त्रीको सूचीमा उनलार्इ राखेको छ ।

मोदीसँगै यो सूचीमा थाईल्यान्डका पूर्व प्रधानमन्त्री अभिसित वेज्जाजिबाए र न्यूजील्यान्डका प्रधानमन्त्री जोनको तस्बिर पनि सामेल छ ।

गूगलको तथ्यले यसअघि पनि भारतीय प्रधानमन्त्रीलार्इ लाजमर्दो अवस्थामा पुर्याएको थियो । केही समयअघि गुगल सर्चमा नरेन्द्र मोदीको नाम तथा तस्बिर टप टेन अपराधीको सूचीमा देखाएको थियो । त्यसबारेमा भारतीय सरकारले आपत्ति जनाएपछि गुगलले त्यसमा सुधार गरेको थियो ।