सांसद सहित नेताहरुले मागे नवलपुरलाई जिल्ला स्तरको प्रशासन केन्द्र

delegation city pmनवलपरासी, १३ असार । प्रदेश बिभाजन दुई वटा प्रदेशमा परेको नवलपरासी जिल्लाको पूर्वी भागमा जिल्ला स्तरको प्रशासनिक केन्द्र बनाउन माग गर्दै यहाँका राजनैतिक दल, सांसद र समाजिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

संबिधान जारी हुदा नवलपरासी जिल्लाको पूर्वी भाग अर्थात नवलपुर खण्ड प्रदेश नं. ४ र परासी खण्ड प्रदेश नं. ५ मा परेको छ । प्रदेश नं. ४ मा परेको नवलपुर खण्ड जनसंख्याको आधारमा ४ नम्बर प्रदेशका ११ जिल्लामा सबै भन्दा अगाडि रहेकाले जिल्ला स्तरको सुगमता नवलपुरबासीले पाउनु पर्ने आवाज उठाइएको एमालेका केन्द्रीय सदस्य एवं नेतृत्वकर्ता तिलक महतले बताउनुभयो ।

भूगोलको आधारमा साविक नवलपरासीको ७० प्रतिशत भू भाग प्रदेश नं. ४ मा परेको छ अगुवा महतले भन्नुभयो–‘ जनसंख्या निर्वाचन क्षेत्र नगरपालिकाको संख्या सबै हिसावले यहाँका बासिन्दाले जिल्ला स्तरको सुगमता पाउनु पर्र्यो’ । अदालत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय , शिक्षा कार्यालय , वन कार्यालय, लगाएका कार्यालयहरु नवलपुर क्षेत्रमा आबश्यक भएकाले सरकारले ब्यवस्था गर्न माग गरेका हौं उहाँले भन्नुभयो–‘ संबिधान कार्यान्वयन गर्ने काममा हामीले छिटो गरौं भन्न खोजेका हौं’ ।