संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

यसअघि आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका कारण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्दै संसद सचिवालयले आजको बैठकमा कुनैपनि कार्यसुचि तय गरेको थिएन ।

संविधान संशोधनमा वेवास्ता गरेको भन्दै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले गत साता राजपा नेताहरुलाई बालुवाटार बोलाएर एक साता पर्खन आग्रह गरेका थिए । राजपाले आज हुने प्रधानमन्त्रीको संबोधनमार्फत संविधान संशोधनको प्रगतिबारे स्पष्ट धारणा आउन अपेक्षा गरेको थियो । संसदको हिउँदे अधिवेसन गत बुधबारबाट सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *