यूकेमा मृगौला पीडित तनहुका सन्तोषकोे उपचारको लागि सहयोगको अपिल

लण्डन । दुवै मृगौला फेल भएका तनहुका सन्तोष राना मगरका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

तनहुँ जिल्लाको व्यास नगरपालिका १४ कुलुङमा बस्दै आएका २६ बर्षिय सन्तोष राना मगरलाई बेलायतको अल्डरशट निबासी जिबन थापाको पहलमा आर्थिक सहयोग संकलन गरि उपचारको लागी पठाइने भएको हो ।

दुबै मृगौला फेल भए पछि अस्पतालको बेडमा उपचारको क्रममा रहेका २६ बर्षिय सन्तोष राना 

सन्तोष रानाको दुवै मृगौलाको उपचारको लागी आर्थिक रुपमा असक्षम भएपछि आर्थिक सहयोगका लागी अनुरोध भइ आए पश्चात मानविय धर्म सम्झी आफुहरुले आर्थिक सहयोग संकलन अभियान चलाएको अभियानकर्ता पुर्खौली घर तनहुँ निवासी जिबन थापाले लन्डन न्यूज लाई बताए ।

तनहुँ जिल्लाको व्यास नगरपालिका १४ कुलुङमा बस्दै आएका २६ बर्षिय सन्तोष राना मगर दुबै मृगौला फेल भई हाल फिस्टेल हस्पिटल पोखरामा डाईलोसिस गराउंदै आइरहेका छन् ।

फिस्टेल हस्पिटल ऐण्ड रिसर्च सेन्टर घारीपाटन पोखरामा डाईलासिस गराउंदै आएका रानाको घरको आर्थिक अवस्था नाजुक रहेको कारणले यो महंगो उपचार बिधि, मृगौला प्रत्यारोपणको लागी खर्च जुटाउन कठिनाई भएको छ।

सन्तोषको घरको आर्थिक अबस्था निकै कमजोर छ । जसको कारण उपचार नपाएरै जीवन गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले सताइरहेको छ ।
“हामी यहाँ अस्पतालमा जीवन माग्छौ, अस्पतालले पैसा माग्छ” गहभरी आँशु पार्दै सन्तोषले भने “हामीलाइ यो जीवन दिन सहयोग गरिदिनुहोस, हजुरहरुको गुण कहिल्यै बिर्सिनेछैन”।

यसैबीच सन्तोषको उपचारको निम्ती यतिबेला बेलायतमा आर्थिक संकलन भइरहेको सहयोग संकलन अभियानमा लागेका केशबटार आफन्त समाजका सचिब कमल थापाले जानकारी दिए ।

“हामी शारीरीक र भौगोलिक हिसाबले एक अर्कालाई चिन्दैनौं र कैयनलाई देखेका हुंदैनौं पनि” उनले भने, “तर पनि मानवियताको दृष्टिकोणमा यसको क्षेत्रफललाई कुनै सिमित दुरी वा चार किल्लाले सिमाङ्कन् गरेको नहुंदो रहेछ।” । उनले विशुद्ध चोखो र परोपकारी मनले कुनै सिमित परिधि र आकार मात्र नओगटेर सहयोग अभियान थालेको र यसमा आफ्नो-अर्काको, नजिकको–टाढाको वा यो जातको – उ जातको भन्ने कुरा केही पनि नभएको बताए । उनले यस अभियानमा साथ दिने सबैलाइ धन्यवाद समेत दिदै अन्य ब्यक्तित्वहरुलाइ पनि सहयोगको हात फैलाउन आग्रह गरे ।

दुवै मृगौला पीडित राना खेलकुदमा रुचि राख्ने र जिल्ला स्तरीय भलिबल खेलाडिको रुपमा पनि आफुलाई चिनाईसकेका थिए। अहिलेसम्म उनको उपचारको लागी देश भित्र र देश बाहिरका बिभिन्न देशहरुबाट संयोजकहरुको माध्यम बाट सहयोगको रकम उठिरहेको छ। अहिले बेलायतमा पनि जीबन थापाको नेतृत्वमा र केशबटार आफन्त समाजको सहयोगमा सहयोग रकमहरु संकलन गर्ने काम भईरहेको छ।सन्तोषकोे उपचारको लागि सहयोगका लागि यस बैक खातामा जम्मा गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछु।

Jeevan

Account details:
Jeevan Thapa S/C: 30-91-73 Ac/no- 15592568
Lead Campaign UK coordinator
Contact details: 07411570229 Jeevanthapa480@yahoo.com