लन्डन -एनआरएन बेल्जियमले दुई महिने च्यारिटी कार्यक्रम घोषणा गरेको छ । एनसिसी बेल्जियमले बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपो र होलिडे फेयर आयोजना गर्ने घोषणा गरेको हो ।

गैर आवासीय नेपाली संघ बेल्जियम र नेपाली दुतावासको सहकार्यमा उक्त कार्यक्रमहरू आयोजना गर्न लागिएको हो । एनअनरएन बेल्जियमका अध्यक्ष लोक दाहालका अनुसार त्यसको तयारीको लागि दुतावास लगायत विभिन्न संघ संस्थासँग भएको अन्तरक्रिया र छलफलपछि ती कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको हो ।

दाहालले जनवरी देखि फेब्रुअरीसम्म बेल्जियमका विभिन्न शहरमा कार्यक्रम आयोजना गर्न कार्यदल बनाएको जानकारी दिए । जस अनुसार एक देश एक च्यारिटी सम्वन्धमा छलफल हुँदा सो च्यारिटी कार्यक्रमको स्वरुप, योजना र कार्यविधि तय गर्न अध्यक्ष लोक दाहालको नेतृत्वमा एक उच्चस्तरीय कार्यदल बनेको छ । साथै नेपाली राजदूतावासका उपनियोग प्रमुख सुधीर भट्टराईको सँयोजकत्वमा आगामी २०१९ जनवरी २० आइतवार गेण्ट, २४ देखि २७ जनवरी एन्तोर्प र ७ देखि १० फेब्रुअरी सम्म ब्रसेल्समा नेपाली राजदूतावासको तत्वावधानमा हुने प्रदर्शनी र होलिडे फेयर सम्पन्न गर्नका लागि अर्को कार्यदल बनाइएको हो ।

एक्स्पो र होलिडे फेयरमा नेपाली सामाग्रीको स्टल २ वटा (एउटाको ५०० यूरोका दर ) ले तथा पर्यटन तथा ट्राभलको १ वटा (एक हजार शुल्क) रहनेछ । एनआरएन बेल्जियमको आयोजनामा मिति २३ डिसेम्वर २०१८ मा नेपाली राजदूतावास तथा स्थानीय संघसंस्थाबीच भएको संयुक्त छलफल तथा बैठक निर्णयअनुसार दाहालको नेतृत्वमा रहेको कार्ययदलमा एनआरएन केन्द्रीय सदस्यहरु पदम गुरूङ, सरस्वती चापागाई, लीला मानन्धर, नेव्यस अध्यक्ष यामु निरौला, नेव्यस महासचिव मदन दवाडी सदस्य रहनुभएको छ ।

साथै उक्त कार्यदलमा केन्द्रीय कार्यदलका सदस्य भीम जोशी सदस्य सचिव रहने निर्णय भएको छ । यस कार्यदलले गठन भएका दिनदेखि १ महिनाभित्र कार्यक्रम र परियोजना वारे ठोस कार्ययोजना राष्ट्रिय समितिमा पेश गर्नुपर्नेछ ।

त्यसैगरी , आगामी २०१९ जनवरी २० आइतवार गेण्ट, २४ देखि २७ जनवरी एन्तोर्प र ७ देखि १० फेब्रुअरी सम्म ब्रसेल्समा नेपाली राजदूतावासको तत्वावधानमा हुने प्रदर्शनी र होलिडे फेयर सम्पन्न गर्नका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख सुधीर भट्टराईको सँयोजकत्वमा जानकी गुरुड।, शिव बरुवाल, पदम गुरुड, सरस्वती चापागाई, लोक दाहाल, गँगाधर गौतम, दीपेन्द्र केसी, जीत लामा, यामु निरौला, श्याम श्रेष्ठ, डिल्ली अम्माई, बिनोद न्यौपाने, रवीन्द्रमान श्रेष्ठ, बाबुराजा लामा, नेत्र मगर, सुवास जोशी, बोधराज पौडेल, बालकृष्ण कडेल रहनु भएको व्यवस्थापन समिति निर्माण गरिएको छ ।

नेपाली संघसंस्था तथा समुदायवीच एनआरएनले समन्वय गर्ने निर्णय पनि भएको छ । यस प्रयोजनका लागि एनआरएन मार्फत आर्थिक व्यवस्थापन गर्न आडमाया लामा, हरि भट्टराई र जीवन शर्मा सम्मिलित अर्थ समिति निर्माण गरिएको छ । त्यसैगरी बैठकमा केन्द्रीय भवन निर्माणका लागि सहयोग रकम बोल्नु भै दिन वाँकी नामावली केन्द्रबाट प्राप्त भै आए बमोजिम राष्ट्रिय समितिले सम्बन्धितलाई औपचारिक जानकारी दिने निर्णय गरिएको छ ।

फेसबुक कमेन्ट