लण्डन । बेलायतबाट रेमिटान्स कम्पनी मनिटुले ‘हेल्प फर नेपाल’ अभियान सञ्चालन गरेको छ ।
‘मनिटुबाट नेपाल पैसा पठाउनुस्, हेल्प फर नेपाल क्याम्पेनमा सहभागी हुनुहोस्’ भन्ने मूल नारासहित मनिटुले हरेक पटक रकम पठाउँदा १ पाउण्ड रकम फर नेपाल च्यारिटीलाई डोनेट गर्ने भएको हो ।
यूकेमा पञ्जीकृत च्यारिटी संस्था हेल्प फर नेपालको सहकार्य गरिएको उक्त अभियानले नेपालको शिक्षा, स्वास्थ्य र कल्याणमा सकारात्मक प्रभाव पार्ने उद्धेश्य राखेको छ ।
अगष्ट २९ देखि सेप्टेम्बेर ३० सम्म सञ्चालित ‘हेल्प फर नेपाल क्याम्पेनमा प्रत्येक नेपाली सेवाग्राहीले नेपाल पैसा पठाउदा १ पाउण्ड मनिटुले क्याम्पेनका लागि आफ्नै खर्च छुट्याउने भएको छ । यूकेबाट नेपाल पैसा पठाउदा यसरी उठेको रकम नेपालको आवश्यकता हेरेर सहयोग गर्ने यसको मुख्य उद्देश्य रहेको मनिटुले जनाएको छ ।
जति मनिटु प्रयोग गरेर नेपाल पैसा पठाइन्छ त्यति नै पैसा फन्डमा जम्मा हुनेछ ।

मनिटुले समयको निधो नहुने, भाषा र संस्कृतिको सीमा, आर्थिक नियम अरु तनावपूर्ण अवस्था हुन नदिने गरी सेवा प्रवाह गर्ने उद्धेश्य राखेको छ ।
प्रवासी व्यक्तिलाई दैलोमै पुगेर बिना झन्झट पैसा पठाउन यसले मद्दत गर्ने यो रेमिट्यानसले जुनसुकै भाषा पनि सेवा दिने गरेको छ । भाषासँगको संस्कृति समेत बुझेर सेवाग्राहीसँग सहकार्य गर्न समस्या हुँदैन ।
यस कम्पनीबाट कारोबार गर्दा अनलाइन बैंक कार्ड पेमेन्ट पाउन सकिन्छ । त्यस्तै मोबाइल एपबाट पैसा पठाउन सकिने लगायतका फिचरहरु मनिटुले राखेको छ ।
नेपालमा विभिन्न सामाजिक कामको निम्ती रकम खर्च गर्ने उद्धेश्यले उक्त क्याम्पेन चलाएको कम्पनीले जनाएको छ ।
थप जानकारीको निम्ती यहाँ क्लिक गर्न या मा सम्पर्क गर्न सकिनेछ ।






