एनआरएन वेल्सको प्रमुख संरक्षकमा रामचन्द्र पोखरेल,अरु कसले के जिम्मेवारी पाए ?(नामावली सहित)

वेल्स। गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद वेल्सको नवगठित कार्य समितिको पहिलो भौतिक रुपमा बसेको बैठकले विभिन्न रिक्त पदहरुमा सर्वसम्मतीले पदपूर्ती गरेको छ ।

अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रमुख संरक्षकमा एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेललाई मनोनयन गरेको छ।

त्यस्तै रिटायर्ड मेजर खुशिमान गुरुङ एमभीओ, मोति पुन र निरलाल मोक्तानलाई सल्लाहाकारमा मनोनयन गर्ने निर्णय गरिएको सचिव दिपक सुब्बाले बताए ।

प्रमुख संरक्षक, राज्य समन्वय परिषद वेल्श तथा राष्ट्रिय समन्वय परिषद यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेल, राज्य समन्वय परिसद वेल्स अध्यक्ष कृष्ण भन्डारी, उपाध्यक्ष अमृत घले, सचिब, दिपक सुब्बा, सहसचिब सन्जिब मैनाली, कोषाध्यक्ष विभूषणमान श्रेष्ठ, सहकोषाध्यक्ष शोभा राणा पोखरेल, सदस्यहरु बलराम अधिकारी, रत्ना राई, अमर ध्वज मल्ल, भोजनारायण रेग्मी, बिकास रानाभाट, श्रीराम थापा मगरको उपस्थिती रहेको उक्त बैठकले राष्ट्रिय समन्वय परिषदका सल्लाहकार बद्री प्रसा,द योङ्याको पिता कृष्ण प्रसाद योङ्या तथा राज्य समन्वय परिषद वेल्सका सचिव दिपक सुब्बाका ममतामयी माता देउ माया लिम्बुको निधन प्रति दुख प्रकट गर्दै मृत आत्माको चिर शान्ति एवं बैकुण्ठ बासको कामना गर्दै शोक प्रकट गरेको छ ।

बैठकले विभूषणमान श्रेष्ठलाई कोषाध्यक्ष, शोभा राणा पोखरेललाई सहकोषाध्यक्ष, मेमराज न्यौपाने, रत्ना राई, श्रीराम थापा मगरलाई सदस्यमा मनोनयन गरेको छ ।

बैठकमा राज्य समन्वय परिषदले भविष्यमा गर्नु पर्ने जनमुखी कामका बारेमा बृहत छलफल गर्दै आगामी दुई बर्षको लागि भाबी कार्यक्रमको रुप रेखा अर्थात रणनीति तय गर्ने समेत निर्णय भएको छ ।

बैठकले वेल्सका बिभिन्न क्षेत्रमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम गरि आयोजना गर्ने, जनमानसमा उठेका बिषयहरुलाई टिपोट गर्ने र त्यस टिपोटका आधारमा जनमुखी कार्यक्रमहरु तय गर्ने निर्णय गरेको सचिब सुब्बाले बताए ।

त्यस्तै क्षेत्रीय अन्तरक्रिया कार्यक्रम संयोजन गर्न कुम्ब्रान तथा न्युपोर्टमा रत्ना राई, ब्रेकन तथा आभारगाभेनीमा मेमराज न्यौपाने, कार्डिफ र अन्य क्षेत्रको लागि बलराम अधिकारीलाई संयोजक तोकिएको छ ।