विप्लवको गोप्य तयारी: भ्रष्टाचारी, अपराधी, कालोबजारी, गुण्डा र कमिसनखोरको नाम संकलन

biplab-khulamnchनयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि सशस्त्र संघर्षमा जाने नीतिसहित एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गराएका नेत्रविक्रम चन्द विप्लव अहिले अर्धभूमिगत ढंगले आन्दोलनको तयारीमा छन् । राष्ट्रिय सम्मेलनयता बैठक, भेला र प्रशिक्षण सबै गोप्यरुपमा अघि बढिरहेका छन् । राष्ट्रिय सम्मेलनबाट लाइन र नेतृत्व बनाएका विप्लव सैनिक लाइन र फौजी दस्ता निर्माणको पहलमा जुटेका छन् । पार्टीमा यसको नेतृत्व गर्ने जिम्मा आफैंले लिएका छन् । हाल छरिएर रहेका लडाकुलाई एकत्रित गर्ने र वैचारिक हतियारले लैश बनाइसकेपछि मात्रै भौतिक हतियारको जोहो गर्ने योजना छ ।

उसले छिट्टै सांकेतिक जनकारवाहीमार्फत् आफ्ना गतिविधि अघि बढाउने भएको छ । नेपाल बन्दजस्ता कार्यक्रम गर्दा नकारात्मक सन्देश जाने र यसबाट जनतालाई कुनै राहत नहुने भएकाले विप्लव समूहले ठुल्ठूला भ्रष्टाचारी, कुख्यात अपराधी, जनविरोधीमाथि जनकारबाहीको योजना बनाइरहेको छ । कालोबजारी, गुण्डा र कमिसनखोरको नाम पनि संकलन हुँदैछ ।

त्यसैगरी, जनताका काम ढिलो गर्ने र घुस खाने सरकारी कार्यालयबारे पनि सूचना संकलन हुँदैछ । यसका लागि उसले विभिन्न टिम निर्माण गरेर काम जिम्मा बाँडेको बुझिएको छ । जनताबीच उनीहरूका गल्ती कमजोरी औँल्याएर कारबाही गर्दा आफ्नो लोकप्रियता बढ्नुका साथै जनताको साथ पाउने आँकलन छ । जनआस्था बाट