नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीद्धारा पत्रकार गगनशिला सम्मानित्

गुल्मी २७ पौष । नेपाली रेडियो क्षेत्रकै सर्वाधिक राशिको रेडियो कान्तिपुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुन सफल भएको भन्दैँ नेपाल स्वास्थ्यकर्मी युनियन गुल्मीले पत्रकार गगनशिला खड्कालाई सम्मान गरेको छ । देशभरीका १ सय ५० वटा रेडियोको प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भई पुरस्कृत हुन सफल भएको भन्दैँ युनियनले आफ्नो तेश्रो जिल्ला अधिबेशनको अवसर पारेर सम्मान गरेको हो ।IMG_0019

खड्कालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग संयोजक नानीमैया दाहाल,केन्द्रिय उपाध्यक्ष नारायण अर्याल लगायतले नगद सहित दोसल्ला र अविरले सम्मान गर्नुभएको थियो । सोही अवसरमा बोल्दै नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय उपाध्यक्ष अर्यालले खड्काले पत्रकारीताका माध्यमबाट गुल्मीलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई सहित शुभकामना दिनुभएको थियो । उहाँले पत्रकारीता जस्तो जोखिमपुर्ण पेशामा लागेर पनि आफ्नो जिल्लाको नाम राष्ट्रिय स्तरमा पु¥याउन सफल भएकोमा खड्कालाई धन्यावाद दिनुभएको थियो । अर्यालले अव आगामी दिनमा अन्र्तराष्ट्रिय स्तरमा आफ्नो नाम संगै गुल्मीको पहिचान स्थापित गर्न पत्रकार खड्कालाई शुभकामना दिनुभयो ।
खड्कालाई एक महिना अगाडी रेडियो कान्तिपुरको १६ आँै वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजीत एक भव्य समारोहमा कान्तिपुर मिडीया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले ५० हजार राशिको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । ताम्रापत्र, ट्रफि र दोसल्ला सहित सम्मानित हुनभएकी खड्का गुल्मी जिल्लामा विगत आठ बर्षदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुृहुन्छ ।

IMG_0018गुल्मीमा बसेर पत्रकारीता गर्ने पहिलो महिला पत्रकार हुनुहुन्छ । राजधानिका नयाँपत्रिका, रेडियो नेपाल, सगरमाथा टिभी, र मोफसलको बुटवलटुडे लगायतका विभीन्न सञ्चारमाध्यममा स्थानीय सम्बाददाताको काम गर्ने खड्का सञ्चारीका समुह गुल्मीको अध्यक्ष समेत रहनुभएको छ । खड्काले यसअघि नेपाल सरकार शिक्षा मन्त्रालयको शिक्षा पत्रकारीता लेखनबृत्ति पुरस्कार, नेपाल पत्रकार महासंघ गुल्मीको क्रियाशिल पत्रकारीता पुरस्कार, सुसासन अभियान गुल्मीको सुशासन अभिबृद्धि र भ्रष्टाचार न्यूनिकरण पुरस्कार २०७०, महिला विकास कार्यालय गुल्मीको उत्कृष्ट पत्रकारीता पुरस्कार, घरेलु तथा साना उद्योग विकास समति गुल्मीको उद्योग पत्रकारीता पुरस्कार प्राप्त गरीसक्नुभएको छ ् । यसबाहेक उहाँले एण्टेना फाउण्डेसन नेपालको शान्ति रिपोर्टिङ्ग लेखनबृत्ति २०७०,पानस साउथ एसिया विकास पत्रकारीता,भ्रष्टचार,उत्तरदायित्व र निर्वाचनका विषयमा चार पटक लेखनबृत्ती फेलोसिप पाईसक्नुभएको छ ।