गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्(आईसीसी)ले अध्यक्ष शेष घले तथा उहाँकी धर्मपत्नी जमुना गुरुङले हालै एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गर्नुभएकोमा उहाँहरुको प्रसंसा गर्दै बधाई ज्ञापन गरेको छ । संघको जनवरी १० तारिख शनिवार सम्पन्न आईसीसी बैठकले घले दम्पत्तिको उक्त घोषणाले बिश्वभर रहेका गैरआवासीय नेपालीको शीर उच्च बनाएको र गैरआवासीय नेपालीको भातृभूमीप्रतिको आस्था र सम्मानलाई अझ उजागर गरेको ठहर गरेको छ । शिक्षा र स्वास्थ्य जस्ता प्राथमिक र आधारभूत सुबिधा सवै नेपालीको पहुँचमा पुग्न नसकेको अबस्थामा दुर्गम ग्रामिण बस्तिका विपन्न परिवारलाई सेवा पुर्याउने घले दम्पत्तिको अभियान ऐतिहासिक उपलब्धि भएको वैठकले ठहर गरेको छ ।
साथै बैठकले घले दम्पत्तिको उक्त कार्यले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी कार्यमा योगदान दिन प्रोत्साहन र हौसला प्रदान गरेको ठहर गरेको छ ।
वैठकले यस्तो पुनित कार्य आरम्भ गरेकोमा अध्यक्ष घले र उहाँकी धर्मपत्नी श्रीमती जमुना गुरुङलाई बधाईसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । अध्यक्ष शेष घले र उहाँकी धर्मपत्नी श्रीमती जमुना गुरुङले गत बिहीबार आफुले आर्जन गरेको सम्पत्तिबाट एक अर्ब खर्च गर्नेगरी एमआईटी ग्रुप फाउण्डेसन स्थापना गरी नेपालमा परोपकारी कार्य थाल्ने घोषणा गर्नुभएको थियो ।
एनआरएनद्वारा अध्यक्ष घले दम्पत्तिलाई बधाई






