गन्डकी र धौलागिरि बन्द, जनजीवन कस्टकर

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले तमुवान र मगराँत क्षेत्र बन्द गर्दा गन्डकी र धौलागिरि अन्चलबासीहरुको जनजीवन कस्टकर बनेको छ । यातायातका साधन चल्न सकेका छैनन् भने उद्योग, कलकारखाना, शैक्षिक संस्था, पसल बन्द छन् । बन्दमा आयोजकले प्रेस, एम्बुलेन्स, खानेपानीको टयांकर, मानवअधिकारवादी चढेको गाडीमा समेत खानतलासी गरिरहेका छन् । बन्दका कारण पर्यटकीय नगरी पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु मारमा परेका छन् ।
निर्धारित समय माघ ८ मै पहिचानसहितको संघीय संविधान जारी गर्नुपर्ने मागसहित एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले पूर्वनिर्धारित कार्यक्रमबमोजिम बन्द आह्वान गरेको हो । यता, बन्दको विरोध गर्दै पोखराको जरेवरस्थित आमा समूहले प्रतिकारको तयारी गरेका छन् ।