काठमाडौं : नेपाली आवासीय महासंघ (एनआरएनए)का अध्यक्ष शेष घलेलाई सरकारले विशेष दूूत नियुुक्त्त गरेको छ ।
घलेले यसअघि पनि अभियान चलाएर भूूकम्प पीडितहरुलाई सहयोग गदै आएका छन् । एनआरएनएका अध्यक्ष घलले पुुन निर्माण कोषमा सहयोग जुुटाउन विदेशमा रहेका नेपाली, सहयोगदाता र सरकारबीचको काममा पुुलको काम गर्नछन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई विशेष दूत नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
घले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) अस्ट्रेलियाका संस्थापक र हाल प्रमुख कार्यकारी अधिकृत हुन् । जहाँ यस संस्थाका सहायक संस्थापक उनकी श्रीमती जमुना गुरुङ निर्देशक छिन् । यी दम्पतिले यो संस्था सन् १९९६ मा स्थापना गरेका हुन् । घले अष्ट्रेलियाका ९९औं धनी ब्यक्ति हुन् । गतबर्ष १ सय ५०औं स्थानमा रहेका घले यसबर्ष ५१औं स्थान माथि उक्लन्दै यस सुचिमा आइपुगेका हुन् ।
स्थापना कालदेखि यता यो संस्था अष्ट्रेलियाको स्नातक र स्नातकोत्तर तहमा व्यापार र सूचना प्रविधि विषयको डिग्री दिने एक प्रतिष्ठित निजी शैक्षिक संस्था बन्न पुगेको छ । एक वर्षमा तीन हजार देशी विदेशी विद्यार्थीहरूले डिग्री लिने यस इन्स्टिच्युटले सुयोग्य र सक्षम जनशक्ति निर्माण गरिरहेको अनलाइनहरूले समीक्षा गरेका छन् ।
अहिले एमआइटीले साझेदार विश्वविद्यालयको तर्फबाट आफैले विभिन्न मुख्य कोर्सहरू विकास गरिरहेको छ । यसले साझेदार विश्वविद्यालयमा बढी भर पर्नुपर्ने अवस्थालाई पनि घटाइरहेको छ । एमआइटीमा ३० प्रतिशत मात्र घरेलु विद्यार्थी पढ्छन्, अरु सबै विदेशी । घले छोटो मध्य अवधिमा घरेलु विद्यार्थीको संख्या ५० प्रतिशत पु¥याउन लागि परेका छन् ।
भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायबाट सहयोग जुटाउन घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् । घले अवैतनिक दूत हुन् ।







