जनकपुरधाम– प्रदेश नम्बर २ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले फागुन २ गते सभामुखको निर्वाचनको मिति तोकेको छ ।
बैठकलाई संघीय समाजवादी फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनल, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह, एमालेका शत्रुघन महतो तथा सत्य नारायण मण्डलले सम्बोधन गरे ।
यस्तै समाजवादी पार्टी, नेपालकी सावित्री देवी साह र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजादले पनि सम्बोधन गरे ।
बैठक जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । अर्को बैठक माघ २९ गते बस्ने पनि बैठकले तय गरेको छ ।






