काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ ।
अाइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।
ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ ।
देउवाको गाडीलाई ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीले बताएको छ ।
प्रहरीले गाडी खोजीमा टोली परिचालन भएको जनाएको छ ।






