शान्ति–सम्झौता कसले पालना गरेन ?

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले सरकारले शान्ति–सम्झौता पालना नगरेको भन्ने एमाओवादीले लगाएको आरोपको खण्डन गरेका छन् । उनले शान्ति सम्झौता कसले पालना नगरेको हो, त्यो जनताले मुल्याङ्कन गरिरहेको बताए ।
जिल्ला भ्रमणका क्रममा स्याङजा पुगेका मन्त्री सिहंले शान्ति–सम्झौताको हिस्सेदार एमाओवादीले आफूले शान्ति–सम्झौताको पालन नगरेर सडक आन्दोलनमा गएर गल्ती गरेको बताए ।
उनले सम्झौता पालना गर्न एमाओवादीलाई सुझाब दिएका छन् । कुनै किसिमको धम्कीबाट सरकार नडराउने भएकाले विपक्षी मोर्चालाई बार्तामा आउन आग्रह समेत गरेका छन । नेपाली कांग्रेसको महामन्त्री समेत रहेका सिहंले स्याङजा पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा आपसी मनमुटाव त्यागेर पार्टी संगठनलाई क्रियाशिल बनाउन निर्देशन दिएका छन्
साथै जिविसमा भएको अर्को भेटघाटमा नागरिकलाई सरकारको काम र सेवा–सुविधामा कुनै कमी हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।