प्रक्रियाबाट संविधान ल्याए प्रतिकार

एकीकृत माओवादीको नेतृत्वमा रहेको विपक्षी दलहरुको गठबन्धनले प्रक्रियाबाट संविधान ल्याउनै नदिने ढिँपी गरेको छ । सिंहदरबारमा आइतबार बसेको गठबन्धनको बैठकले ‘सहमति बिना संविधानको नियमावली मिचेर संविधान ल्याउन खोजे प्रतिकार गर्ने निर्णय’ लिएको छ । आफ्नो तर्फबाट सहमतिका लागि सक्दो लचकता अपनाउने दोहोर्‍याउँदै विपक्षी गठबन्धनले ‘संविधानसभामा बल प्रयोग गरी प्रक्रिया अवलम्बन गरे सशक्त प्रतिकार गर्ने चेतावनी’ दिएको छ ।