माघ ८ मै संविधान : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जस्तोसुकै अवरोध गरिए पनि आगामी माघ ८ मै संविधान जारी हुने दाबी गरेका छन् । लमजुङको भोर्लेटारमा इशानेश्वर उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्वसवको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले प्रतिपक्षी दलहरुले अवरोध गरे पनि माघ ८ मै संविधान जारी हुने दाबी गरे । सहमतिका लागि गरिने प्रयास सफल नभए पौष २९ गतेबाट संविधान जारी गर्नका लागि प्रक्रियामा प्रवेश गरिने उनको भनाइ थियो ।