अनौपचारिक छलफलबाट निश्कर्षमा पुग्ने

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समितिले अहिलेसम्म सहमतिका लागि गरेको प्रयासबारे आइतबार समितिमा जानकारी गराएका छन् । संविधानका विवादित विषयमा सहमतिका लागि शुक्रबार चार दिनको समय पाएका भट्टराईले आजको बैठकमा यसबीचमा भएका छलफल र दलहरुबीच सहमतिको सम्भावनाबारे जानकारी गराएका थिए ।
समितिको आजको बैठकले सोमबार (भोलि) दिउँसो दुई बजेसम्म अनौपचारिक छलफल गरी निश्कर्षमा पुग्ने प्रयास गर्ने निर्णय गरेको पनि भट्टराईले जानकारी दिए । अनौपचारिक छलफलका क्रममा भएको प्रगतिलाई सोमबारको समितिको बैठकमा पेस गरिने भट्टराईले बताए । आफूले पाएको समयसीमाभित्र सहमतिका लागि हदैसम्मको प्रयास गर्ने पनि भट्टराइले बताए ।
भट्टराइले निरन्तर छलफल गरे पनि दलहरुबीच अझै सहमति बन्न सकेको छैन । दलहरुबीच राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा विवाद छ ।