सांसद पदमासमेत नरहने गरी सभामुख महरालाई राजीनामा दिन नेकपा सचिवालयको निर्देशन

काठमाडौं । सत्तारुढ दलल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ । आज विहान बालुवाटारमा बसेको पार्टी सचिवालयको आकिस्मक बैठकले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्य दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुसन्धानमा सघाउका लागि राजीनामा दिन सुझाव दिएको जानकारी दिए । यसअघि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल दुबै जनाले पनि महरालाई राजीनामा दिन सुझाव दिएका थिए ।

त्यसपछि सचिवालय बैठक बोलाइएको थियो । संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि सोमबार बलात्कार प्रयासको आरोप लगाएकी छिन् । सभामुख महराको सचिवालयले भने फसाउने षडयन्त्र भएको भन्दै आरोपको खण्डन गरेको छ । यो घटनाको छानविनका लागि आफ्नो राजीनामा आवश्यक परे राजीनामा गर्न आफू तयार रहेको महराले पनि जानकारी गराइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *