दुबई दुर्घटनामा ६ नेपालीको ज्यान गयो, को–को परे दुर्घटनामा ?

युएइ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ ।

स्थानीय समयअनुसार बिहान ५ बज्न लाग्दा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनीबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासबाट प्राप्त विवरणहरुमा उल्लेख छ ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ । दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *