एनएसडब्लु प्रहरी र अन्तर्राष्ट्रिय विद्यार्थीबीच फुटबल भिडन्त

तक्दीर अधिकारी
सिड्नी । न्यू साउथ वेल्स (एनएसडब्लु) प्रहरी र अन्तर्राष्ट्रिय विद्यार्थीबीच मैत्रीपूर्ण बीच फुटबल प्रतियोगिता सम्पन्न भयो । कुजी बीचमा सम्पन्न प्रतियोगितामा ६० भन्दा बढी देशका अन्तर्राष्ट्रिय विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा नेपालको दुई टिमलगायत २७ टिमबीच प्रतिस्पर्धा भएको थियो । नेपाली टोलीका कप्तान आयुश रिजाल ले  यस्ता प्रतियोगिता ले अन्तर्राष्ट्रिय विद्यार्थी र प्रहरीको सम्बन्धलाई बलियो बनाउने बताये ।   नेपाली एउटा टोली क्वाटरफाइनलसम्म पुगेको प्रतियोगिता संयोजक भिजन फर मोटिभिसनका (भीएफएम) का सस्थापक महेश प्रसाई (म्याक्र्स) ले जानकारी दिए ।
सस्थापक प्रसाईंका अनुसार एनएसडब्लुको महावाणिज्यदूत दिपक खड्का यूरोप भ्रमणमा रहेकाले यसको सम्पूर्ण जिम्मेवारी भीएफएमले लिएका हो । भीएफएम ले   लामो समय देखी  अष्ट्रेलियामा रहेका विद्यार्थी हरु लाई लक्ष्यित गरेर परोपकारी कार्य हरु गर्दैआएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई नियम, कानुन, समुन्द्री किनारामा सुरक्षालगायतको चेतनामूलक जानकारी प्रहरीले दिएको थियो ।

प्रहरीको विभिन्न विभागका अधिकृतहरूले विद्यार्थीलाई चेतनामूलक जानकारी दिएका थिए । ट्राफिक र हाइवे पेट्रोल कमान्ड, मरिन एरिया कमान्ड, माउन्टेड युनिट र रिक्रुटमेन्ट शाखाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई नियमबारे जानकारी दिएको थियो । एनएसडब्लु राज्य परिषद्को कानुनी जिज्ञासा, अध्ययन गरिरहँदा कसरी जीवन समायोजन गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिएको थियो ।

यस्तो प्रतियोगिता पहिलो पटक सन् २०१३ मा आयोजना आयोजना गरिएको थियो । प्रतियोगिताको यो सातौं संस्करण हो । अहिलेसम्म अन्तर्राष्ट्रिय विद्यार्थी र प्रहरीको सम्बन्धलाई बलियो बनाउन सहयोगी भएको बताइएको छ । फुटबल प्रतियोगितालगायत एनएसडब्लु प्रहरीले उपलब्ध गराएको स्टलमा नेपाली खानाका परिकार  ए डिस किचन  ले  ब्यबस्था  गरेको थियो , डिजे म्युजिकसहिति नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम राखिएका थिए ।
(तस्बीर भीएफएम वेभसाइट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *