तक्दीर अधिकारी
सिड्नी । पोखरा समाज अस्ट्रेलियाको विशेष बैठक हालै सम्पन्न भयो । समाजका अध्यक्ष राजकुमार अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकले समित केसीलाई महासचिवमा नियुक्त गरेको छ । बैठकले एनआरएनए अस्ट्रेलिया एनएसडब्लको सचिव पदमा निर्वाचित दिपक पहारीलाई सल्लाहकारमा मनोनित गरेको छ ।
बैठकमा नवनियुक्त केसीले भने, ‘अष्ट्रेलिया भित्र रहेका नेपाली समुदायसँग एकताबद्ध भएर सहकार्य गर्दै, पोखरा समाज अष्ट्रेलियालाई नेपालसम्म जोडिएको छ ।’ परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सहयोगका निम्ति सबैलाई अनुरोध गरे । सहमति सहकार्य र आपसी मेलमिलापबाट नै सामाजिक कार्यमा सफलता मिल्ने भन्दै सम्पूर्ण अष्ट्रेलियाबासी नेपाली समुदायलाई आपसी सद्भाव र एकताका निम्ति केसीले अपिल गरेका छन् ।
आप्रवासी नेपाली समुदायको साझा संगठन पोखरा समाज अष्ट्रेलिया बिगत लामो समयदेखि नेपाली समुदायबीच बिबिध रचनात्मक सामाजिक कार्य गर्दै आइरहेको छ । संस्थाका उपाध्यक्ष तारा गुरूङले अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली समुदाय रहेको र विशेष गरी पोखरा कास्केली समुदाय धेरै संख्यामा रहेको जानकारी गराउदै सबैलाई समेटेर अगाडि बड्ने बताए ।






