लन्डन– क्लव ५० यूकेले बडा दशैंका अवसरमा लन्डनको अल्पेर्टनमा अक्टोबर १ तारिखमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष उत्तमकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अध्यक्ष खड्काल संस्थाले सनातन धर्म जगेर्ना गर्दै लोककल्याणकारी कार्यहरु गर्दै आएको जानकारी दिए । उनले संस्थामा नेपालका प्रतिष्ठित व्यवसायी दीपक मल्होत्रादेखि अंगुरबाबा जोशीसम्म संरक्षक रहेको जानकारी दिए ।
कार्यक्रममा समाजसेवी एवं सल्लाहकार ध्रुव केसी, हरि केसी, हरिसिंह थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक एवं एनआरएन यूकेका पूर्वमहासचिव राजकुमार त्रिपाठी, लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारी, एनआरएन यूकेका पूर्वमहासचिव रामशरण सिंखडा, समाजसेवी कमल पौडेल, डा. पुरुषोत्तम पौडेल, एभरेस्ट गौतम, धन तामाङ, डा. राजु श्रेष्ठ, विकल आचार्य, बुद्धि तामाङ, समाजसेवी तारा पौडेल, देउराली ट्राभल्सका निर्देशक आशिष पन्त, राज विष्ट, बल रायमाझीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा वीनेपाली डट कमका प्रधान सम्पादक एवं कान्तिपुर दैनिकका बेलायत संवाददाता नविन पोखरेल, लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारी, लन्डन नेपाल न्यूज डट कमका प्रबन्ध निर्देशक राजकुमार त्रिपाठी, पत्रकारहरु एभरेस्ट गौतम, रेडियो राइनो डट कमका मिलन शर्मालाई पत्रकारितामार्फत सेवा गरेको भन्दै खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु रमेश लामा, वीरु लामालाई सांगीतिक क्षेत्रमा योगदान दिएको भन्दै खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु रमेश लामा, वीरु लामाले सांगीतिक प्रस्तुति गरेका थिए ।
यसैगरी वीनेपाली डट कमका प्रधान सम्पादक एवं कान्तिपुर दैनिकका बेलायत संवाददाता नविन पोखरेलको जन्मदिनका अवसरमा विशेष केक काटेर शुभकामना दिइएको थियो ।
कार्यक्रम सञ्चालकसमेत रहेका क्लव ५० यूकेका महासचिव भरत रोक्काले संस्थाले लोककल्याणकारी कार्यलाई अझै व्यवस्थित बनाउँदै लैजाने जानकारी दिए । उनले सदस्यता लिंदै संस्थाको गतिविधिमा सक्रिय हुन अपिल गरे ।
तस्बिर:एभरेस्ट गौतम






