काठमाडौं– डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
शनिवार निर्वाचन कार्यलय पुगेको नयाँ शक्तिले स्थानीय निकाय, प्रदेश र संघको चुनाव एकैपटक गर्न सुझाव दिएको हो ।
आयोग पुगेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले तीनवटै निर्वाचन एकैचोटि गर्नुपर्ने सुझाव दिएका थिए । निर्वाचनलाई कम खर्चिलो, स्वतन्त्र, निष्पक्ष र धाधलीरहित बनाउनुपर्ने नयाँ शक्तिको भनाई छ ।
नयाँ शक्तिका एक नेताका अनुसार यसकारण नयाँ शक्ति तीनवटै निर्वाचन एकैपटक चाहन्छ ।
पहिलो कारण, गत जेठको अन्तिममा पार्टी घोषणा गरेको नयाँ शक्तिले निर्वाचनका लागि संगठनात्मक आधार बनाईसकेको छैन ।
दोस्रो कारण, स्थानीय चुनावका लागि सवै ठाँउमा उम्मेद्वार बनाउने वातवरण बनेको छैन ।
२०७४ माघसम्म चुनाव नभए र त्यसबेला एकैपटक तीन चुनाव गरिए आफुहरु बलिया अबस्थामा आउने नयाँ शक्तिको बुझाई छ ।






