लण्डन । लण्डनको वीलवीचस्थित साउथ लण्डन एकेडेमीमा अब युनिभर्सिटी अफ सफोकका कोर्सहरु पनि सञ्चालन हुने भएका छन् । युनिभर्सिटीसंगको प्रत्यक्ष सहकार्यमा ती कोर्सहरु सञ्चालन गर्न लागिएको एकेडेमीका सीइओ राजन कंडेलले जानकारी गराउनु भएको छ।
एफडिए हेल्थ केयर प्राक्टिस (एक्युट केयर), एफडिए हेल्थ केयर प्राक्टिस (लंग टर्म केयर), बिए अनर्स बिजनेस म्यानेजमेन्ट लगायतका युनिभर्सिटी कोर्स अब साउथ लण्डनमा अध्यापन गराइनेछन् । यी कोर्सहरु सरकारबाट ‘फण्डेड’ भएकाले ‘होम स्टुडेण्ट’ (बेलायतको स्थायी बसोबास अधिकार भएका विद्यार्थी)हरुको लागि ‘स्टुण्डेन्ट लोन’ को समेत व्यवस्था हुन्छ ।
यहि अक्टोबर सेसनबाट यी कोर्सहरु सञ्चालन हुनेछन् भने आउंदो वर्षको जनवरीबाट थप कोर्सहरु पनि सञ्चालन गर्ने तयारी साउथ लण्डन एकेडेमीको छ । युनिभर्सिटीको प्रत्यक्ष सहभागितामा नै यी कोर्सहरु सञ्चालन हुने एकेडेमीले बताएको छ । जसका लागि युनिभर्सिटीका प्रोफेसरहरु नै साउथ लण्डन एकेडेमीमा आएर कक्षाहरु सञ्चालन गर्नेछन् ।
यी युनिभर्सिटी कोर्सहरु गर्ने विद्यार्थीहरुलाई सफोक युनिभर्सिटीको मुख्य क्याम्पसका सबै रिसोर्स हरुमा पनि पूर्ण पहुंच रहनेछ । यसैबीच यीनै कोर्सहरुबारे थप जानकारी गराउने उद्धेश्यले यहि अगस्ट २२ तारिख मंगलबार दिउंसो ३ देखि ५ बजेसम्म साउथ लण्डन एकेडेमीमा ‘ओपन डे’ सञ्चालान हुंदैछ । त्यस अवसरमा युनिभर्सिटीकै कर्मचारी तथा प्राध्यापकहरु आएर कोर्सहरुबारे विस्तृत जानकारी गराउने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन ईच्छुक सबैलाई साउथ लण्डन एकेडेमीले आव्हान गरेको छ।
साउथ लन्डन एकेडेमी तथा बृटेन-नेपाल च्याम्बर्सका अध्यक्ष “राजन कंडेल” संग लन्डन नेपाल न्युजडटकम का लागि शिब भण्डारी सहित एभरेष्ट गौतमले गरेको कुराकानी..भिडियो-







