लण्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटीको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न महत्वपुर्ण प्रस्ताव उपर छलफल गर्दै निर्णय समेत गरेको छ । नेपाली समूदाय र स्थानिय समूदायबीच आपसी सदभाव अभिवृद्धि गर्नको लागि आगामी ०८ अक्टुवरमा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागुऔसध एव मादक पदार्थ दुर्व्यसन शिक्षा बिषयक भावी कार्यक्रम, भेट्रान बिषयक गतिबिधि, स्थानिय काउन्सिल र प्रहरीसंगको त्रैमासिक बैठक, नेपाली नयाँवर्ष,भिक्टोरिया डे, नारिदिवसका अवसरमा गरिने कार्यक्रम, कम्युनिटी भवन, नेपाली कक्षा, ट्रष्टी लगायत बिषयमा महत्वपुर्ण निर्णय गर्दै बैठकले सल्लाहकारको समेत टुंगो लगाएको छ । त्यस्तै, सम्पूर्ण सल्लाहाकारहरुलाई आगामी ३१ अगष्ट सांझे रशमोर बरो काउन्सिलको चेम्बर हलमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।
यसै बीच कम्युनिटी भवन र नेपाली कक्षा बिषयको संयोजकमा निवर्तमान अध्यक्ष ओम थापालाई संयोजक तोकिएको छ भने उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, क्याप्टेन राजु गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु र हर्क गुरुंगलाई तोकिएको छ । उक्त बैठकलाई सफल बनाउन अनौपचारिक रुपमा पटक पटक पदाधिकारी बैठक बसी पूर्ब तयारि गर्नाले बैठक अत्यन्तै सौहार्दपुर्ण र सफल रहेको बरिष्ठ उपाध्यक्ष एवं भेट्रान फण्ड तथा नेपाली नयां बर्ष कार्यक्रमका संयोजक रामधन राईले बताए । संस्थाका सबैजसो सदस्यहरु सहभागी उक्त बैठकमा नयंँ मनोनित सांस्कृतिक सचिब दिनेश गुरुङ, सदस्य जुमकाजी गुरुङ, धुर्ब राइ, जगना गुरुङ र हर्क गुरुंगलाई अध्यक्ष जीव बेलबासे र निबर्तमान अध्यक्ष ओम थापाले खादा ओढाई स्वागत गरेका थिए।






