काठमाडौं- नेपाली कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइरालाको अग्रता कायमै छ । ६ सय ५३ मत गन्दा कोइरालाले ३ सय ८४ मत पाएका छन् ।
खुमबहादुर खड्काले ३ सय ८१, प्रकाशमान सिंहले ३ सय ७७, प्रदीप पौडेलले ३ सय ७५ मत प्राप्त गरेका छन् ।
विमलेन्द्र निधिले ३ सय ६९ र पूर्णबहादुर खड्काले ३ सय ६० मत पाएका निर्वाचन समितिले जनाएको छ ।
मत गणना शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको समितिले जनाएको छ ।
खुलातर्फको केन्द्रीय सदस्यमा अग्रता लिएकाहरु
१. डा. शेखर कोइराला – ३८४
२ खुमबहादुर खड्का – ३८१
३. प्रकाशमान सिंह – ३७७
४. प्रदीप पौडेल – ३७२
५. विमलेन्द्र निधि – ३७०
६. बालकृष्ण खाँड – ३६२
७. पूर्णबहादुर खड्का- ३५९
८. रमेश लेखक – ३५९
९. महेश आचार्य– ३५२
१०. प्रदीप गिरी– ३५१
११. केवि गुरुङ – ३४६
१२. धनराज गुरुङ – ३४४
१३.विश्वप्रकाश शर्मा – ३३७
१४. डा. रामशरण महत – ३३५
१५. बलबहादुर केसी – ३३३
१६. सुजाता कोइराला– ३३१
१७. शंकर भण्डारी – ३२४
१८. डा. प्रकाशशरण महत – ३१९
१९. डा. मीनेन्द्र रिजाल – ३१३
२०. चन्द्र भण्डारी – ३१३
२१. गोपालमान श्रेष्ठ – ३०९
२२. डा. नारायण खड्का – ३०३
२३. बद्रि पाण्डे – ३०३
२४. एनपी साउद – २९७
२५. ज्ञानेन्द्रबहादुर कार्की – २९७






