नेकपा एमालेले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्तिमा पार्टी निर्णयविरुद्ध गएको आरोप मन्त्री पौडेलमाथि लाग्दै आएको थियो । मन्त्री पौडेलले गत विहिवार केशवकुमार विष्टलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बोलाएको भए पनि मन्त्री पौडेल बालकोट गएनन् । ओलीले पौडेललाई फिर्ता बोलाउने तयारी गरेपछि नेता माधवकुमार नेपालले भने आधिकारिक निर्णय विना नहटाउन प्रधानमन्त्रीलाई समेत भनेका छन् ।

पार्टीको सिफारिश बिना आफूनिकटका विष्टलाई परिषदको सदस्यसचिव बनाएपछि संस्थापन पक्ष पौडलप्रति आक्रामक बनेको थियो । यही विषयलाई लिएर मन्त्री पौडेलसँग गत शुक्रवार स्पष्टीकरण नै मागिएको थियो । मन्त्री पौडेललाई आफ्नो निर्णय सच्याउन, मन्त्रीबाट राजिनामा दिन वा पार्टीले चाल्ने कदम स्वीकार्न एमालेले भनेको थियो ।

फेसबुक कमेन्ट