करार र ज्यालादारी कर्मचारीलाई सरकारी डण्डा !

काठमाडौ– सरकारले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर नगराउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेको छ ।
सरकारको यो निर्णय अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा विभागले पनि मातहतका कार्यालयलाई करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ बाट हाजिर नराउने र करार नगर्ने भन्दै मातहतका कार्यलयलाई सर्कुलर पठाएको छ ।
विभागले अस्थायी दरवन्दीमा रहेका स्थायी कर्मचारीलाई भने अर्को व्यवस्था नभएसम्म साविककै कार्यालयमा हाजिर तथा कामकाज गराउन भनिएको छ ।
सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप नगर्ने भएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित हुने बताइएको छ । विभिन्न कर्मचारी संघ संगठनका अनुसार त्यस्ता कर्मचारीको संख्या काठमाडौंमा मात्रै १३ हजार हाराहारीमा छ ।