आलमको निधनमा शोक प्रस्ताव पारित

;+3Lo ;+;bsf] bf];|f] clwj]zg ;'? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z'? ePsf] k|ltlglw;efsf] bf];|f] clwj]zgdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित रहेका थिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।