काठमाडौं- दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
५२ वर्षीय सुब्बाको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
उनी छातीमा निमोनियाको इन्फेक्सनले पीडित थिए ।
विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।






