लण्डन । नेपालीहरुको पहलमा स्थापित सोसल कमर्स साइट सगुन डटकमले एनआरएन यूकेले बेलायतमा निर्माण गर्ने नेपाल हाउसको लागि १ लाख डलरको शेयर प्रदान गरेको छ । सगुनले आफ्नो सगुन फाउण्डेसनबाट उक्त सहयोग एनआरएन यूकेको नेपाल हाउसलाई उपलब्ध गराएको हो ।
सोमबार अल्डरसटमा एक कार्यक्रम आयोजना गर्दै सगुन र एनआरएन यूकेबीच उक्त सहयोगसम्बन्धी समझदारीपत्र हस्तान्तरण सम्पन्न भयो । लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन यूकेका अगुवाहरुको साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सगुन र एनआरएन यूकेबीच समझदारीपत्र हस्तान्तरण सम्पन्न भएको हो । समक्षदारीपत्रमा सगुनका तर्फबाट संस्थापक गोविन्द गिरी र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले हस्ताक्षर गरेका छन् । सगुन कम्पनीको अहिलेको भ्यालुअनुसार नेपाल हाउसलाई प्रदान गरिएको १ लाख डलर बराबरको शेयरमा ४ हजार ३ सय ७४ वटा शेयर पर्छन् । सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ विलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्नेछ ।
समझदारीपत्र हस्तान्तरण कार्यक्रममा सगुनका सल्लाहकार सुर्य गुरुङले सगुन फाउण्डेसनले निशर्त रुपमा एनआरएन यूकेलाई यो सहयोग उपलब्ध गराएको जानकारी दिए । सगुनको अभियानलाई अघि बढाउन बेलायतको नेपाली समुदायबाट भएको महत्वपुर्ण सहयोगको कदर गर्दै सगुनले सगुन फाउण्डेसनअन्तर्गत पहिलो सहयोग नै बेलायतलाई गरेको उनले बताए । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गर्दै विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित अघि बढेको सगुनलाई सफलताको शुभकामना पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले शरदराज आरनले एनआरएन यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताको लागि शुभकामना दिए । यो सहकार्यले एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भुमिका खेल्ने आशा उनले व्यक्त गरे । सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत सगुन डटकमको अवधारणा र स्थापनाको पृष्ठभुमिका साथै यसका प्रोडक्टहरु र भावी लक्ष्यबारे जानकारीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार तथा बुद्धिजिवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएन यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको सहयोगबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टले सार्थकता पाउन सहयोग मिल्ने आशा व्यक्त गरे । एनआरएन यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य दिएका थिए।
समझदारीपत्र हस्तान्तरण कार्यक्रममा सगुनका सल्लाहकार सुर्य गुरुङले सगुन फाउण्डेसनले निशर्त रुपमा एनआरएन यूकेलाई यो सहयोग उपलब्ध गराएको जानकारी दिए । सगुनको अभियानलाई अघि बढाउन बेलायतको नेपाली समुदायबाट भएको महत्वपुर्ण सहयोगको कदर गर्दै सगुनले सगुन फाउण्डेसनअन्तर्गत पहिलो सहयोग नै बेलायतलाई गरेको उनले बताए । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गर्दै विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित अघि बढेको सगुनलाई सफलताको शुभकामना पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले शरदराज आरनले एनआरएन यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताको लागि शुभकामना दिए । यो सहकार्यले एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भुमिका खेल्ने आशा उनले व्यक्त गरे । सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत सगुन डटकमको अवधारणा र स्थापनाको पृष्ठभुमिका साथै यसका प्रोडक्टहरु र भावी लक्ष्यबारे जानकारीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार तथा बुद्धिजिवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएन यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको सहयोगबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टले सार्थकता पाउन सहयोग मिल्ने आशा व्यक्त गरे । एनआरएन यूके महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य दिएका थिए।एम्पायर हल, अल्डरसटमा भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी ले तयार गरेको स्थलगत भिडियोरिपोर्ट हेर्नुस–






