अमेरिकामा यसरी भयो मोदीको अपमान !

काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान भएको छ ।
नेपालमा नाकाबन्दी लगाएर आलोचित मोदीलाई अमेरिकामा संसारकै प्रतिष्ठित संस्थाका एक मालिकले अपमान गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकामा रहेका बेला डिजिटल इण्यिाको सपना साकार पार्न मोदीले दुई दिन विश्वकै प्रख्यात कम्पनीका मालिकसँग भेटघाट गरेका थिए । सुरुमै फेसबुक मालिक मार्क जुकुरवर्गसँग भेटघाट गरेका मोदीले विश्वविख्यात कम्पनी एप्पलका सीईओ टिम कुक, माइक्रोसफ्टका मालिक सत्या नडेला, एडोब फोटोसबका शान्तनु नारायण, गूगलका सीईओ सुंदर पिचई, क्वालकमका पल जैक्बस, सिस्कोका जन चैम्बर्स र इण्डस इन्टरप्रेन्यर्सका अध्यक्ष वेकटेश शुक्लासँग भेटवार्ता गरेका थिए ।
अमेरिकामा यसरी भयो मोदीको अपमान !यो भेटघाटका क्रममा एक कम्पनीका मालिकले मोदीको अपमान गरेका हुन् । जब सबै कम्पनिका मालिकहरु मोदीसँग हात मिलाइरहेका थिए, तब माइक्रोसफ्टका मालिक सत्या नडेलाले पनि हात मिलाए ।

तर, मोदीसँग हात लगत्तै सत्या नडेला आफ्नो हात साफ गर्न लागेको दृश्य देखियो, जून कुरा सोशल मिडियामा भाइरल भएको छ । सत्या नडेलाको यो व्यवहारले उनले मोदीलाई अपमान गरेको प्रष्ट भएको छ । सामाजिक सञ्जालमा नडेलाले किन मोदीको अपमान गरे भनेर बहस सुरु भएको छ ।

उसो त यता नेपालमा नाकाबन्दी गरेर मोदीले टाढैबाट भएपनि अपमान गरेको थाहा पाइसकेका छन् । अहिले नेपालमा दिनदिनै आफ्नो पुत्ला जल्दा मोदीले अपमान महसुस गरेर बुधबार आफ्ना राजदूत रञ्जीत रे मार्फत प्रतिक्रिया समेत जनाइसकेका छन् ।