काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कालोबजारीका कारण जनताले दुःख पाउँदा पनि वर्तमान सरकार सिंहदरबारमा चुप लागेर बसिरहेको आरोप लगाउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घले राजधानीमा गरेको चियापान कार्यक्रममा उहाँले सरकार जनताप्रति उदासीन भएको कारण कालोबजारी मौलाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा कालोबजारी र आकासिएको मूल्यवृद्धिले जनताले दुःख पाइरहेका छन् । प्रधानमन्त्री भने जनताको दुःखमा मलम लगाउनुको साटो लज्जास्पद अभिव्यक्ति दिँदै बस्नुभएको छ ।”
उहाँले सरकार देशमै उपलब्ध साधनस्रोतको उपयोग गरी जनतालाई राहत दिन असफल भएको पनि बताउनुभयो ।






