संविधान संशोधनप्रति एमाले असन्तुष्ट

काठमाडौं– संविधान संशोधनप्रति एमाले असन्तुष्ट भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले कसैको प्रायोजन र निर्देशनको भरमा संविधान संशोधन प्रस्ताव आएको भन्दै आपत्ति जनाएको छ ।

उक्त प्रस्तावलाई समर्थन नगर्ने यसअघि नै निर्णय गरिसकेकाले यसको विरोधमा अब पार्टीले कार्यक्रम तय गर्ने जनाएको छ । ‘यो प्रस्ताव आम जनताको चासो, चाहना र मुलुकको हितमा भन्दा पनि प्रायोजित ढंगले आएको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘कसैले डिपोर्ट गरेको प्रस्ताव हामीलाई स्वीकार्य हुन सक्दैन ।’

पार्टीको बुधबार बस्ने संसदीय दल र पदाधिकारीको बैठकले सडक र सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा औपचारिक निर्णय गर्ने पोखरेलले जनाए ।