काठमाडौं, असोज १४ – भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका खुलाउन अनेरास्ववियुका कार्यकर्ता त्यसतर्फ लागेका छन् । बाटो खुलाउने औजारसहित अखिलका कार्यकर्ता काठमाण्डूबाट बिहान तातोपानी गएका हुन् ।
सडक खुलाएर मात्र आफुहरु फर्कने अनेरास्ववियुकी सचिव राधिका खतिवडाले जानकारी दिनुभयो । भारतले अघोषित नाकाबन्दी गरेपछि चीनसँग जोडिएको तातोपानी नाका छिटै खुलाउन सरकारले पनि पहल गरिरहेको छ ।






