लिस्वन- पोर्चुगलमा कोविड १९ बाट मृत्यु हुनेहरूको संख्या गत २४ घण्टामा बढेर ५३५ पुगेको छ। स्वास्थ्य महानिदेशालय (डीजीएस) ले सोमबार घोषणा गरे अनुसार अघिल्लो दिनको तुलनामा ३१ बढी मरेका छन् ।जुन महामारी इपिडिमियोलोजिक बुलेटिनका अनुसार ६.२% बृद्दि भएको छ ।
उक्त रिपोर्टले आइतवार राति १२ बजेबाट अद्यावधिक गरिएको तथ्याङकले संकेत गर्दछ कि उत्तर क्षेत्रमा सबैभन्दा बढी मृत्यु (३०३) रहेको छ, त्यसपछि केन्द्रमा (१२३) त्यस्तै लिस्बन र भेलतेजो क्षेत्र (९६) र अल्गार्भमा नौ रहेको छ । त्यस्तै आसोरेसमा चार जनाको मृत्यु भएको छ ।
संक्रमित व्यक्तिको कुल संख्या अहिले सम्म १६९३४ रहेको छ । जुन आइतबारको तुलनामा २.१% ले वृद्धि हो ।आईतबार सम्म निको हुनेको सङ्ख्या २७७ रहे पनि पछिल्लो २४ घण्टामा सन्चो हुनेको सङ्ख्या शुन्य रहेको छ । अस्पतालमा भर्ना हुने ११८७ पुगेका छन् जबकि सघन कक्षमा बिरामीहरूको संख्या २२८ बाट घटेर १८८ रहेको छ ।
५० बर्ष देखि ५९ वर्ष उमेर समूहका सबै भन्दा बढि सकारात्मक केसहरू छन्, जुन २९४२ रहेको छ । त्यस्तै ४०-४९ वर्ष उमेर समुहका २९३२ जनामा पोजेटिभ केस रहेको छ । यद्यपि ८० बर्ष भन्दा बढि उमेरका ३४८ जनाको मृत्यु भएको छ ।






