बेलायतको रेडिङ निबासी पूर्व गोर्खा लक्षिन गुरुङको पापी कोरोनाले लग्यो ज्यान,

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एक पूर्वगोर्खा सैनिकको निधन भएको छ ।कास्कीको घान्दु्रक घर भई बेलायतको रेडिङ बस्दै आएका लक्षिनबहादुर गुरुङको आज बिहान निधन भएको हो ।पूर्व गोर्खा सैनिक गुरुङको आर्मी नम्बर २११६०७३० डब्लू ओ टू ६ जीआर रहेको थियो ।

उनका भाञ्जा कमल गुरुङका अनुसार, उनी १२ दिनदेखि रेडिङस्थित बक्सायर अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आज बिहान निधन भएको उनले बताए ।

६५ वर्षीय लक्षिन गण्डकीका चर्चित फुटबल खेलाडी समेत हुन् । उनी घान्द्रुक समाज रेडिङका पूर्वअध्यक्ष हुन् भने तमुधिँ यूकेका आजीवन सदस्य हुन् ।
लक्षिनका सपरिवारमा कोरोनाको संक्रमण देखिएको र लक्षिन बाहेक अन्य परिवार निको भएको कमलले जानकारी दिए । लक्षिन श्रीमती र दुई छोरीहरुका साथमा रेडिङमा बस्दै आएका थिए ।