पछिल्लो २४ घण्टामा स्पेनमा अन्य ५१७ जनाको कोविड १९ का कारण ज्यान गएको छ ।
यो सँगै स्पेनमा कोरोना भाईरस बाट मृत्यु हुने संख्या १७४८९ पुगेको स्पेनीस स्वास्थ्य अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
आज बिहान सम्म ३४७७ संक्रमित रिपोर्ट गरिएको थियो, अहिलेसम्म १६९४९६ सकरात्मक घटना छन्।
कोबिड १९ बाट सबै भन्दा बढि संक्रमित रहेको देश मध्ये स्पेन दोस्रो स्थानमा रहेको छ भने संयुक्त राज्य अमेरीका पहिलो स्थानमा रहेको छ ।






