मदिरा सेवन गरेर पटक पटक बाबुले गरे छोरीको बलात्कार

1206351-young-woman-is-afraid-of-violence-in-the-familyजेनी भटराई/बेलायत ,बझांगको जयपृथ्वी नगरपालिकामा आफ्नै बाबा ढेकी ११ बर्षीया छोरी बलात्कृत भएकी छन | शनिबार राती ३१ बर्षीय बाबु गजेन्द्र खातीले नाबालक छोरी लाई बलात्कार गरेका हुन | बाबा ले ६ पटक सम्म बलात्कार गरेको भन्दै पीड़ित बालिका न्याय का लागि महिला अधिकार मञ्च मा रुदै भनिन् | बाबुले मदिरा सेवन गरेर पटक पटक बलात्कार गर्न थालेपछि पीड़ित बालिकाले आमालाई जानकारी गराउंदा घटना सार्वजनिक भएको हो |सोमबार आमाले छोरीलाई न्याय दिनलाई महिला अधिकार मञ्च ,जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन | छोरी बलात्कार गर्ने खाती नेपाली सेना हुन |आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई राज्यले कड़ा कारबाही गर्नुपर्ने महिला अधिकार मञ्चकी सदस्य सीता सिहले बताईंन |
गतबर्ष १४ जना महिलाहरु बलात्कारका सिकार भएकी थिन| बलात्कार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीछक कमल बीस्टले बताए | उनले भने जिल्ला अस्पतालको रिपोर्ट सकारात्मक देखिएकाले छोरी बलात्कार गर्ने बाबुलाई जबरजस्तीकरणी ऐन अंतरगत कारबाही प्रक्रिया अघि बढेको छ |