जेट एयरको विमानमा चराले ठक्कर दिदा आकस्मिक अवतरण यात्रु सकुसल

काठमाडौं, पौष १४ अपरान्ह करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा सोमबार चरा ठोक्किएपछि विमानको पछिल्लो भागमा आगो लागेको हो । आगो लागेपनि विमानमा रहेका सबै यात्रुको सकुशल उद्धार गरिएको छ,विमानमा चालक दलका सदस्यसहित एक सय २५ जना यात्रु रहेका थिए । मुम्बईबाट काठमाडौं आउँदै गरेको ९ डब्ल्यू २६८ विमानमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको जनाइएको छ, यात्रुहरु सबै सुरक्षित छन् ।