सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

काठमाडौँ– प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो । गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।

उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *