लण्डन । बेलायतस्थित एक सामाजिक संस्था, नेप्लिज ब्रिटिश कम्युनिटी यूके, ले भिजिट नेपाल कार्यक्रमको प्रचार प्रसार गर्न हाफ म्याराथनमा भाग लिन लागेको छ ।
नेपाल सरकारले घोषणा गरेको “भिजिट नेपाल २०२०” बारे प्रचार प्रसार गर्ने उद्देश्यले यहि मार्च १७ तारिख आईतवारका दिन बेलायतको हेमटन कोर्ट हाफ म्याराथन (२१ किमी) दौड मा सहभागी हुन लागेको संस्थाका अध्यक्ष मिलन घिमिरेले बताए ।
सैयौ विदेशी दौडने र हजारौं दर्शक हुने सो हाफ म्याराथनमा नेपाली झन्डा फहराउॅंदै नेपाली झन्डा, “भिजिट नेपाल २०२०” लेखिएको ब्यानर र एनबीसी यूकेको लोगो अंकित टि-सर्ट लगाएर संस्थाका खेलकुद विभाग प्रमुख राजेन्द्र ओझाको नेतृत्वमा समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे, वसन्त नेपाल, किरण अधिकारी, अन्जु सिग्देल, संजीव घिमिरे, दामोदर आचार्य, मुकुन्द नेपाल, रफि श्रेष्ठ, डेविड सुव्वा, कमल लिम्वु, मनोज दाहाल, राघव नेपाल, भवानी घिमिरे नेपाल, इन्दिरा भट्टराई, शेखर भट्टराई सहित जम्मा १७ जना धावक सहभागी हुने घिमिरेले बताए ।
दौड कार्यक्रम संयोजक राजेन्द्र ओझाले दौडबाट स्वस्थ जीवनयापन गर्न सवैलाई अभिप्रेरित गर्दै मातृभूमिको पर्यटनको विकासमा व्यक्तिगत तथा सस्थागत योगदान पुर्याउन खोजीएको बताए ।
कार्यक्रममा अधिक सहभागिता र विभिन्न किसिमले सहयोग गर्न संस्थाका सचिव चुरामणी रेग्मीले सम्पूर्ण बेलायतवासीलाई आह्वान गरेका छन् । संस्थाले नेपाल तथा बेलायतमा गर्ने सामाजीक र मानविय सेवा वा च्यारीटीको लागी आर्थिक संकलन गर्ने उद्देश्य पनि राखेको छ । यसको लागी www.facebook.com/donate/853416375009894/ मा गएर संसार भरिबाट दान दिन सकिने संस्थाका कोषाध्यक्ष्य ऋषि खनालले बताए ।






