नयाँ वर्षमा नेपाली कक्षाको सहयोगार्थ च्यारिटी डिनर

लन्डन- नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओक नेपाली समाजसँगको सहकार्यमा नयाँ वर्ष २०७६ को अवसरमा एउटा ‘च्यारिटी डिनर’ आयोजना गर्न लागेको छ।

ह्यारो विल्डस्टोनस्थित ब्लुरुम रेष्टुरेण्टमा आइतबार १४ एप्रिल २०१९ का दिन बेलुका ६ बजे देखि कार्यक्रम शुरु हुने केन्द्रले जनाएको छ।

गएको दुई वर्षदेखि बर्न्टओकमा सञ्चालित नेपाली कक्षाको सहयोगार्थ उक्त च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष सुमन प्रधानले बताए।

कार्यक्रमा नेपाली कक्षामा अध्ययनरत बालबालिकाहरुले पनि आआफ्नो प्रस्तुति देखाउनेछन्।

सो कायर्क्रममा नेपालबाट आउने कलाकारहरुको पनि प्रस्तुति हुने उनले जानकारी दिएका छन्।

टिकट शुल्क २० पौण्ड रहेको र टिकटका लागि ०७५८८८१५७३३ (सुमन) , ०७७७२६२४०७९ (विकास) , ०७९१९०९११७३ (उमेश) वा ०७७७१६८७३३२ (भगीरथ) लाई सम्पर्क राख्न केन्द्रले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *