काठमाडौं– सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा नेपाली समय अनुसार मंगलबार बिहान ७ बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलो भेट भएको छ ।
बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । यो दुर्लभ क्षणलाई विश्वभरका मिडियाले नियालिरहेका छन् । उनीहरुबीच ऐतिहासिक शिखर वार्ता भएको छ ।






