पैसा हुनेले मात्रै निर्वाचन जित्ने अवस्था आयो : अध्यक्ष दाहाल

;lxb kl/jf/ ;Ddfg sfo{qmd k|wfgdGqL k'iksdn bfxfn dªunaf/ g]kfn sDo'lgi6 kf6L{ dfcf]jfbL s]Gb| /fd]5fk lhNnf ;Dd]ng cfof]hs ;ldltåf/f !# cf}+ bf]/Daf xTofsf08 :d[lt lbj; tyf ;lxb kl/jf/ ;Ddfg sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि यहाँ आज आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “भर्खरै छ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न रु चार÷पाँच करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान बेलुका छाक टार्न मुस्किल हुने क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् ।”

उहाँले धनीले मात्र जित्ने, प्रतिभा एवं जनसमर्थन भएर पनि गरिबले हार्ने निर्वाचन प्रणाली कायम भएकाले यसलाई बदल्नुको विकल्प छैन । पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सकिन्छ ।