लामो दुरीका गाडीमा जोर विजोर लागु नहुने

काठमाण्डौ ११ असोज । सरकारले लामो दुरीको गाडीहरुमा जोर विजोर नगर्ने भएको छ । लामो दुरीका सवारी साधनहरुलाई आवागमनमा समस्या भएपछि जोर विजोर लागु नगर्ने  गृह मन्त्रालयले जनाएको छ । ‘लामो दुरीका सवारी साधन आज हिँडेर भोलीमात्र गन्तव्यमा पुग्नुपर्छ त्यसले गर्दा आवागमनमा अप्ठ्यारो भयो भनेर व्यवसायीहरुले समस्या राखेपछि जोर विजोर नगर्ने निर्णय भयो ।’– गृह मन्त्रालयका लक्ष्मी प्रसाद ढकालले भने ।tourist-bus-lumbini-kathmandu-non-airditioned[1]
लामो दुरीका सवारी साधनलाई सुरक्षा दिने विषयमा सोमबार गृहले यातायात व्यवसायीसंग वार्ता गरेको थियो । वार्तामा यातायात व्यवसायीले आफ्ना समस्या राखेका थिए । त्यसैगरी व्यवसायीहरुले लामो दुरीका सवारी साधनको सुरक्षाको ग्यारेण्टी गर्न समेत गृहमा माग गरेका थिए । ‘स्कर्टिङ्गकै विचमा कोशी व्यारेजमा एकैपटक ७८ वटा गाडी तोडफोड हुँदा कसैले सुरक्षा दिन सकेन ।’

यातायात व्यवासयी महासंघका अध्यक्ष सरोजराज सिटौलाले भने ‘नेपालको गाडी जति सबै हाम्रा हुन्, हामीले टाउको फूटाउने अनि सरकारले कसरी चलाउँछ ?’ उनले सुरक्षाको ग्यारेण्टी नहुँदा सम्म व्यवसायीले गाडी चलाउन नसक्ने कुरा सरकारी अधिकारीसंग प्रष्ट राखेको समेत बताए ।