भारतीय हस्तक्षेपविरुद्ध विप्लव माओवादीको भक्तपुरमा अर्काे काण्ड –

sambidhan-sava


 

काठमाडौं, ११ असोज । भारतीय हस्तक्षेपविरुद्ध एक पछि अर्काे कदम उठाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सोमबार भक्तपुरलाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरेको छ ।
विप्लव माओवादी भक्तपुरका सेक्रेटरी क्षितिज मल्लले दिएको जानकारी अनुसार सोमबारदेखि लागू हुनेगरी भक्तपुर जिल्लामा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाइएको हो ।
‘भारतको नाङ्गो हस्तक्षेपविरुद्ध भक्तपुरमा हिन्दी फिल्म, विज्ञापन गीत, टेलिभिजन सबै बन्द तथा प्रतिबन्ध गरिएको छ, आजैका दिनदेखि जिल्लालाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरका छौं ।’ सेक्रेटरी मल्लले भने ।