एनआरएनए अष्ट्रेलिया युवा सदस्य पदमा कन्चन कुमारी ठाकुरको उम्मेद्वारी

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा राष्ट्रिय युवा सदस्य पदमा कन्चन कुमारी ठाकुरले उम्मे्दवारी दर्ता गराएकी छन् ।

हाम्रो एनआरएनए, राम्रो एनआरएनए भन्ने नारासहित चुनावमा होकिएकी कन्चनसँग नेपालमा संयुक्त राष्ट्रसंघको महिला विभागमा काम  गरेको अनुभब छ ।

मानव विकासमा मास्टर्स गरेकी उनले करियर डेभलपमेन्ट प्लान र करियर काउन्सिलिनबाट युवालाई सहजीकरण गर्न सकिने कुरामा विश्वास राख्छिन् । एसोसिएसन अफ नेप्लिज तराई इन अस्ट्रेलियामा कार्यकारी सदस्यको रूपम उनले संस्थाले गर्ने छ्ठ,होलि, कोभिड राहत बितरण लगायतका सामुदायिक सेवामूलक कामहरूमा सशक्त भएर काम गरेकी छन्।

युवाहरुको लागि युवाले नै काम गर्न सक्ने भन्दै उनले एनआरएनए युवा समितिबाट युवाहरुको निम्ती काम गर्ने बताइन् ।

युवाहरुलाई सीप र क्षमताको पहिचान गराउँदै करियर बनाउन भूमिका खेल्ने भन्दै उनले एनआरएनएमा युवाहरुलाई समेट्ने आफ्नो योजना रहेको बताइन् ।

अष्ट्रेलियामा उनी एन्टाको कार्यकारी सदस्य समेत रहेर काम गरिसकेको भन्दै एनआरएनए मार्फत नै समाजसेवा गर्ने योजनाअनुरुप चुनावी तयारीमा रहेको बताइन् ।

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई स्वास्थ्य र सामाजिक कार्यक्रममा सहजीकरण गर्ने भन्दै उनले यो चुनावी यात्रामा साथ दिन सबैलाई आग्रह गरिन् ।